विराटनगरमा तरकारी र फलफुलको विषादी परिक्षण सुरु

  • प्रकाशित मितिः असार, 23, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर / विराटनगरमा तरकारी तथा फलफुलको विषादी अवशेष परिक्षण सुरु गरिएको छ । भारतबाट आयात भएको तरकारी र फलफुलमा विषादी रहेको चर्चा चलिरहेको बेला विराटनगरमा भने प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

प्रदेश १ सरकार भूमि व्यवस्था तथा सहरकारी मन्त्रालयले विषादी अवशेष परिक्षण द्रुत प्रयोगशाला इकाईको स्थापना गरेसँगै तरकारी र फलफुलको परिक्षण गरिने भएको छ । बालि संरक्षण प्रयोगशाला मातहतमा रहने गरि विषादी पीिक्षण प्रयोगशाला इकाई स्थापना गरिएको मन्त्रालयका सचिव हस्तबहादुर विष्टले जानकारी दिएका छन् । प्रयोगशाला स्थापनासँगै मन्त्रालयले सबै किसान र उपभोक्ता समेतलाई तरकारी र फलफुलको विषादी परिक्षण गराउनका लागि आग्रह गरेको छ ।

बालि संरक्षण अधिकृत मुकेश यादवका अनुसार प्रयोगशालामा आवश्यक मेशिन एस्पेक्ट्रो फोटोमीटरसहित आवश्यक पर्ने सामाग्रीको व्यवस्थापन मिलाईसकिएको छ । बजारमा भित्रिएका तरकारी तथा फलफुलको नमूना संकलन गरेर परिक्षण अध्ययन भईरहेको अधिकृत यादवले बताउनुभयो ।

उपभोक्ताले बजारमा आएका तरकारीको विषादी परिक्षण गर्नुपर्ने आवश्यकता महशुस गरेमा प्रयोगशालासम्म नमूना लिएर जाँदा तत्काल परिक्षण गर्न सकिने अधिकृत यादवको भनाई छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको मध्यअवधीमै खरिद गरेको मेशिन धरानस्थित तरकारी तथा फलफुल बजारमा राख्ने योजना अगाडी सारेको थियो । धरानका लागि आगामी आर्थिक वर्षको असोजसम्ममा प्रयोगशाला स्थापना र आवश्यक सामाग्री खरिद गर्ने निर्णय गर्दै विराटनगरलाई प्राथमिकतामा राखेर प्रयोगशाला स्थापना गरिएको हो ।

मन्त्रालयका सचिव विष्टले धरानमा समेत आगामी असोजसम्ममा विषादी परिक्षण द्रुत प्रयोगशाला इकाई स्थापना गरिसक्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । भारतबाट आयात हुने तरकारीको खपत गर्ने उपभोक्ता विराटनगरमा धेरै रहेका कारण प्राथमिकताका साथ प्रयोगशाला स्थापना गरिएको छ ।

कटहरीमा स्थापना भएको एकिकृत तरकारी तथा फलफुल कृषि बजार प्रदेश सरकारको स्वामित्वमा हस्तान्तरण भईसकेपनि सञ्चालनमा आउन सकेको छैन । सञ्चालन कार्यविधी नबनेका कारण सञ्चालनमा आउन नसकेको कृषि बजारमा समेत विषादी परिक्षण द्रुत प्रयोगशाला इकाई रहने छ ।

प्रदेश सरकारको २५ लाख रुपिँया लागतमा प्रयोगशाला स्थापना भएसँगै तत्काल तरकारी तथा फलफुलको विषादी परिक्षण गराउन उपभोक्तालाई सहज भने भएको छ । किसानले आफैं उत्पादन गरेको तरकारी तथा फलफुल र उपभोक्ताले बजारमा गएर खरिद गर्ने तरकारी तथा फलफुलमा आशंका लागेमा परिक्षण गराउन पाउने अधिकृत यादवले जानकारी दिनुभयो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved