वरुणको पारिश्रमिक ३३ करोड

  • प्रकाशित मितिः श्रावण, 22, 2076
  • पहिलो किताब संवाददाता


एजेन्सी/ वरुण धवन बलिउडका सफल अभिनेता मध्येका एक हुन् । उनको अर्को वर्ष ‘स्ट्रीट डान्सर थ्रीडी’ रिलिज हुँदैछ । यसमा उनी अभिनेत्री द्वय श्रद्धा कपूर र नोरा फतेहीसँग देखिनेछन् ।

प्राप्त जानकारी अनुसार, यो फिल्मका लागि उनले करोडौंमा पारिश्रमिक बुझेको छन् । सूत्रको भनाई उद्धित गर्दै ‘आज तक’ ले वरुणले ‘स्ट्रीट डान्सर थ्रीडी’ मा ३३ करोड पारिश्रमिक पाएको बताएको छ । उनको पपुलारिटी र फिल्मको सेटेलाइट बिजनेसलाई ध्यानमा राख्दै निर्माताले उक्त रकम दिन तयार भएका हुन् ।  
 
वरुणको फिल्म टिभीमा निकै रुचाइने गरेको छ र निर्माताले पनि त्यसबाट गजबकै फाइदा उठाइरहेका छन् । मेकर्सले ठूलो रकममा ‘स्ट्रीट डान्सर थ्रीडी’ को सेटेलाइट राइट्स लीडिङ च्यानल्सलाई बेच्ने फैसला लिएका छन् । निर्माताले फिल्मको सेटेलाइट राइट्स १० देखि ११ करोडमा बिक्री गरिसकेका छन् ।
 
 ‘स्ट्रीट डान्सर थ्रीडी’ लाई रेमो डिसूजाले निर्देशन गरेका हुन् । हाल पोस्ट प्रोडक्सनको काम भइरहेको यो फिल्म २४ जनवरी २०२० मा रिलिज हुँदैछ । भूषण कुमारले निर्माण गरेको फिल्ममा प्रभु देवा, राघव जुयाल, धर्मेश येलाण्डे, शक्ति मोहनको पनि अभिनय छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो डान्स फिल्म हुने बताइएको छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved