श्रीनगर/ जम्मु काश्मीरको विशेष दर्जा दिने संविधानको धारा ३७० हटाइएपछि अहिले त्यहाँको अवस्थाका बारेमा संसारको चासो बढिरहेको छ । आज सोमबार इद भएकोले प्रशासनले केही इलाकामा आंशिक रुपमा कर्फयु हटाएको बीबीसीले जनाएको छ । भारत प्रशासित काश्मीरमा रहेका बीबीसी संवाददाता आमिर पीरजादाले बताएअनुसार कर्फयु हटाइएपछि सडकमा सामान्य हलचल देखिएको समाचारमा जनाइएको छ ।
उनका अनुसार सोमबार इद मनाउने तयारी भइरहेको छ । यसकारण सबै जसो मानिस सामान खरिदका लागि बाहिर निस्केका थिए । आइतबार लगभग १२ बजेतिर सडकमा सवारी साधनको निकै आवतजावत थियो । कुनै स्थानमा त ट्राफिक जामपनि देखिएको थियो ।
गएको शुक्रबार श्रीनगरको सौरा इलाकामा नमाज पढेपछि विरोध प्रदर्शन भएको थियो । त्यहाँ गोली प्रहार पनि भएको बताइएपनि भारत सरकारले भने हालत नियन्त्रणमै रहेको र कहींपनि ठूलो विरोध प्रदर्शन नभएको जनाएको छ ।
प्रहरीले एउटा गोली पनि नचलाइएको जनाएको छ । आइतबार १२ बजेपछि भने प्रशासनले फेरि हिँडडुलमा निषेध गरेको थियो । सुरक्षाबलले कडाइ गरेपछि हिंडडुल पनि कम भएको थियो । मोबाइल र इन्टरनेट भने अझै बन्द रहेको छ । यस कारण कोहीसँगपनि सम्पर्क हुन सकेको छैन । शुक्रबार तनाव भएको सौरा क्षेत्रमा जानका लागि प्रहरीले रोक लगाएको छ । (बीबीसी)
इटहरी/ नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (सा... ... ...
इटहरी / ६ लेन सडक निमार्ण कार्यमा सडकको चौडाई मनप... ... ...
काठमाण्डौ/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले त... ... ...
कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्... ... ...
काठमाडौँ । बारा जिल्लामा निर्माण हुने दोस्रो नि... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved