वीरगन्ज/ पर्सा प्रहरीले सीटीईभीटीको सीएमए विषयको परीक्षामा सहभागी दुई जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ ।
रौतहट यमुनामाई गाउँपालिका–१ जेठहरिया बस्ने २२ वर्षीय जोगेन्द्रनारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका–६ धरमपुरका कौशलप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो । साउन २५ गते बिहान पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित नेसनल मेडिकल कलेजमा सिटिईभिटीको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जोगेन्द्रले रौतहट गढीमाई गाउँपालिका–६ धरमपुर बस्ने छोटेलाल यादवको नाममा र कौशलले रौतहटकै रमाकान्त साहको नाममा परीक्षा दिइरहेका थिए ।
इटहरी/ नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (सा... ... ...
इटहरी / ६ लेन सडक निमार्ण कार्यमा सडकको चौडाई मनप... ... ...
काठमाण्डौ/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले त... ... ...
कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्... ... ...
काठमाडौँ । बारा जिल्लामा निर्माण हुने दोस्रो नि... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved