लिग वानमा पिएसजीको शानदार जित सुरुआत

  • प्रकाशित मितिः श्रावण, 27, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / साबिक लिग विजेता पिएसजीले फ्रेन्च लिग वानमा शानदार सुरुआत गरेको छ । नयाँ सिजनको पहिलो खेलमा पिएसजीले पाहुना टोली निमेजमाथि ३–० को जित निकालेको हो ।गत राति पिएसजीको घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई खेलको २४औं मिनेटमा इडिसन काभानीले गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेनाल्टीबाट गोल गरेका थिए ।

त्यसपछि खेलको ५६औं मिनेटमा केलियन एमबाप्पेले गोल गरे । उनले बर्नाटको असिस्टमा गोल गरेका थिए । त्यसपछि खेलको ६९औं मिनेटमा एन्जल डि मारियाले पिएसजीका लागि तेस्रो गोल गरे । उनले एमबाप्पेको पासमा गोल गरेका थिए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल पिएसजीले ३–० ले जित्यो ।

सिजनको पहिलो खेलमा पिएसजका टोलीका स्टार फरवार्ड नेइमारलाई टोलीमा राखिएको थिएन । यो जितपछि पिएसजीले पहिलो खेलबाट ३ अंक बटुलेर लिगको दोस्रो स्थानमा छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved