उपेन्द्र महतोद्वारा एनआरएनए सम्मेलन बहिष्कार

  • प्रकाशित मितिः आश्विन, 28, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा मंगलबार शुरु भएको नवौँ विश्व सम्मेलन संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक उपेन्द्र महतोले बहिष्कार गरेका छन् । संघको स्थापनाको उद्देश्यविपरीत संघमा राजनीतिक ध्रुवीकरण बढेको भन्दै महतोले सम्मेलन बहिष्कार गरेको बताएका छन् ।

संघ स्थापना हुँदा विश्वभर छरिएर रहेका नेपालीलाई उनीहरूको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्य रहेको थियो । त्यसैले संघलाई राजनीतिक संगठनजस्तो बनाउन नहुने उनको भनाइ छ । ‘सबै क्षेत्रमा राजनीतिक हस्तक्षेप रहेको छ, एनआरएनए राजनीतिबाट पूर्ण रूपमा मुक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनी भन्छन्, ‘कम्तीमा एनआरएनएको गर्विलो इतिहासमा दाग लगाउने काम कसैबाट हुनुहुँदैन ।’

एनआरएनएको नवौँ विश्व सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) उदघाटन गरेकी हुन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved