प्रतिबन्धित नोट बोकेर नेपाल छिरेका भारतीय विराटनगरबाट पक्राउ

  • प्रकाशित मितिः आश्विन, 28, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर / भारतीय प्रतिबन्धित नोट बोकेर नेपाल छिरेका एक भारतीय नागरिकलाई प्रहरीले मंगलबार बिहान विराटनगरबाट पक्राउ गरेको छ ।

भारत बनारसका २५ वर्षीय आशुतोष सोनीलाई विराटनगर महानगरपालिका–१५ स्थित रानी बसपार्कबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

उनका अनुसार पक्राउ परेका सोनीबाट पाँच सय दरका चार सयवटा नोट गरी दुई लाख भारतीय रुपैयाँ बरामद भएको छ । भारतबाट प्रतिबन्धित नोट बोकेर नेपाल छिरेका उनी बनारसको जेजे प्लाष्टिक उद्योगको सेल्स म्यानेजर रहेको नेपाल प्रहरीले जनाएको छ ।

एक साताका लागि नेपाल आएका उनलाई भारतीय नोट बोकेर विराटनगरबाट काठमाडौं जाने तयारी गरिरहँदा पक्राउ गरिएको एसपी अधिकारीले बताए । आशंका लागेर चेकजाँच गर्दा सोनीले बोकेको झोलामा प्रतिबन्धित पाँच सय दरका नोट फेला परेको एसपी अधिकारीले बताएका छन् ।

सोनीले भने बाटो खर्च वापत रकम बोकेको र भारतीय नोट नेपालमा प्रतिबन्धित हो भन्ने कुरा आफूलाई थाहा नभएको प्रहरी समक्ष वयान दिएका छन् । सोनीलाई आवश्यक कारवाहीका लागि मंगलबार नै राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved