प्रचण्डद्धारा फाष्ट स्पिड रेलको युग सुरू भएको धोषणा

  • प्रकाशित मितिः मंसिर, 1, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौँ / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फाष्ट स्पिड रेलको युग सुरू भएको बताएका छन्।

घुमाउरो सडक निर्माण गर्नुभन्दा पहाड छेडेर टनेल बनाउँदै रेलवे बनाउनु पर्नेमा उनले जोड दिए।

राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै आइतबार काठमाडौंमा प्रचण्डले भने, ‘अब हामी पूर्वाधार निर्माणमा जानुपर्छ। घुमाउँरा बाटो होइन पहाड छेडेर टनेल बनाउँदै फाष्ट रेल बनाउनुपर्छ।

नेपाल प्राकृतिक र मानविय स्रोतका दृष्टिले पनि धनी रहेको प्रचण्डले बताए। ‘हामी फाष्ट स्पिडको जमानातिर जानुछ,’ उनले भने, ‘पर्यटन क्षेत्रमा पनि नयाँ विकास गर्नुछ।’

उनले विकास निर्माणका काम गरेर सन्देश दिनुपर्ने बताए। ‘विदेशमा गर्मी छ। एकखाले नर्कमा बस्नुपर्छ,’ उनले भने, ‘प्राकृतिक हिसाबले नेपाल त स्वर्ग हो नि।

उनले उपनिर्वाचनमा सक्रिय सहभागिता जनाउन युवा संघलाई आग्रह गरे।

‘साथीहरूको रिपोर्ट अनुसार कांग्रेस, राप्रपालगायत दलले जितेका ८० प्रतिशत ठाउँमा हामी जित्दैछौं,’ उनले भने, ‘उपनिर्वाचन सानोतिनो अग्नि परीक्षा हो। यसमा हामी पास हुनुछ।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved