काठमाडौं/ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार तीन मेडिकल कलेजमा छापा मारेको छ । विद्यार्थीबाट करोडौं रकम ठगी गरेको विवरण बाहिर आएकोले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले वीरगञ्जस्थित नेसनल मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा छापा मारेको हो।
विभागले राष्ट्रिय सतर्कता केन्द्र, शिक्षा मन्त्रालय र अन्य विभिन्न प्रतिवेदनका आधारमा कलेजमाथि छापा मारेको हो।
.विभागले मेडिकल कलेजको ठगीका विषयमा विद्यार्थीहरुसँग पनि आवश्यक कागजपत्र लिने बताइएको छ।
सरकारले तोकेकोभन्दा १५ लाखसम्म बढी रकम असुलेको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काएका छन्।
विद्यार्थीहरुले अवैध रुपमा उठाइएको रकम फिर्ता नभएसम्म परीक्षा समेत बहिष्कार गर्ने निर्णय गरेका छन्।
काठमाडौँ । नेताहरुको कार्यव्यस्तताका कारण सत्... ... ...
भक्तपुर / काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजब... ... ...
ठिनी / चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा प... ... ...
एजेन्सी । नागरिकता संशोधन विधेयक(क्याब)को विरोध... ... ...
काठमाडौं / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved