विश्वकप छनोट खेलमा कुवेतसँग नेपाल पराजित

  • प्रकाशित मितिः मंसिर, 3, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौँ / कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको हो ।

खेलको २८औँ मिनेटमा कुवेतका कप्तान बदर अल अलमोतवाले गोल गरे । उनले गरेको गोल नै कुवेतका लागि निर्णायक साबित भयो । उक्त खेलमा नेपालका भरपर्दा चार खेलाडीको उपस्थिति थिएन ।

भूटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरूलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले अनुशासन कारवाहीस्वरुप निलम्बन गरेको थियो ।

विश्वकप छनोटमा यसअघि चार खेल खेलको नेपालले एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको थियो । नेपाल कुवेतसँगको पहिलो खेलमा ७–० गोलले पराजित भएको थियो ।

यस्तै नेपालले चाइनिज ताइपेईलाई २–० ले गोलले हराएको थियो भने अष्ट्रेलियासँग ५–० गोलले र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो । कुवेतले भने अष्ट्रेलियालाई ३–०, जोर्डनसँग गोलरहित बराबरी र चाइनिज ताइपेईलाई ९–० गोलले पराजित गरेको थियो । दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुन नसकेको भन्दै नेपाल र कुवेतले न्युट्रल भेन्युका रुपमा पहिलो होम खेल भूटानमा खेलेको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved