च्याम्पियन्स लिगमा तोड्न असम्भव रियल मड्रिडका यी दुई दुर्लभ कीर्तिमान

  • प्रकाशित मितिः भदौ, 23, 2077
  • पहिलो किताब संवाददाता

काठमाडौं / युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको इतिहासमा स्पेनिस क्लब रियल मड्रिड सर्वाधिक सफल क्लब हो । जहाँ उसका नाममा थुप्रै अपत्यारिला रेकर्डहरू मात्रै छैनन्, सबैभन्दा धेरै उपाधि पनि उसकै नाममा छ । रियल मड्रिडलाई ‘च्याम्पियन्स लिगको राजा’ भनेर पनि चर्चा गरिन्छ । उसले यो प्रतियोगिताको उपाधि कीर्तिमानी १३औं पटक जितेको छ, जुन धेरै उपाधि जित्ने दोस्रो क्लबको भन्दा दोब्बर हो ।

रियल मड्रिड यस्तो क्लब हो, जसले च्याम्पियन्स लिगमा दुई–दुई पटक ह्याट्रिक हानेको छ । उसले दुईपटक उपाधिमा ह्याट्रिक गर्दा अर्को कुनै पनि यस्तो क्लब छैन, जसले एक ह्याट्रिक हानेको होस् । र, रियलले सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा प्राप्त गरेको यो शानदार सफलता भविष्यमा अन्य क्लबले पाउन वा यस्तो रेकर्ड तोड्न करिब–करिब ‘असम्भव’ जस्तै छ ।

विश्व क्लब फुटबलमा सबैभन्दा ठूला र सफलमध्येको एक क्लब स्पेनिस बार्सिलोनाले त यो उपाधि जम्माजम्मी ५ पटक मात्रै जितेको छ । उसले जितेको उपाधि संख्या इटालियन एसी मिलान, इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब बार्यन म्युनिखको भन्दा कम हो । बार्सिलोनाले आजसम्म यो उपाधि लगातार दुई सिजन पनि जित्न सकेको छैन ।

रियल मड्रिडले च्याम्पियन्स लिगका पछिल्ला पाँच सिजनमध्ये चार सिजन उपाधि जितेको छ । उसले सिजन २०१५–१६, २०१६–१७ र २०१७–१८ मा यो उपाधि जितेर ह्याट्रिक हानेको थियो । त्यसपछि सिजन २०१८–१९ मा यो उपाधि लिभरपुलले जितेको थियो । भर्खरै सकिएको सिजन यो उपाधि बार्यन म्युनिखले जित्यो ।

रियलका नाममा योभन्दा शानदार अर्को रेकर्ड छ । जहाँ उसले उपाधिमाह्याट्रिक मात्रै हैन, लगातार पाँच सिजन उपाधि जितेर दुर्लभ रकेर्ड बनाएको छ । त्यसबेला च्याम्पियन्स लिगको नाम युरोपियन कप थियो । पछि यसको नाम परिवर्तन भएको हो ।

रियलले युरोपियन कप (हालको च्याम्पियन्स लिग) सुरु भएको पहिलो सिजन सन् १९५५–५६ मै उपाधि जितेको थियो । त्यसपपछि उसले लगातार ५ सिजन यो उपाधि जितेको थियो ।

रियलले लगातार पाँचपटक च्याम्पियन्स लिग जितेको रेकर्ड :

रियल मड्रिडले पछिल्लोपटक ह्याट्रिक गरेको सिजन :

सबैभन्दा धेरै च्याम्पियन्स लिग जित्ने क्लबहरू :

  • रियल मड्रिड (स्पेन) – १३
  • एसी मिलान (इटाली) – ७
  • लिभरपुल (इंग्ल्यान्ड) – ६
  • बार्यन म्युनिख (जर्मनी) – ५
  • बार्सिलोना (स्पेन) – ५
  • आयाक्स (नेदरल्यान्ड्स) – ४
  • इन्टर मिलान (इटाली) – ३
  • म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड) – ३



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved