भूमिको प्रयोग गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्छ : मन्त्री अर्याल

  • प्रकाशित मितिः भदौ, 23, 2077
  • पहिलो किताब संवाददाता

काठमाडौं / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताएकी छिन् ।  राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजनाको अन्तिम मस्यौदामाथि छलफल गर्न आयोजना गरिएको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । 

मन्त्री अर्यालले गरिबी निवारणका निम्ती अब भूमिको अधिकतम प्रयोग गर्नुपर्ने र त्यो सहकारीमार्फत गर्नुपर्ने बताइन् ।  सहकारी मन्त्रालयका तर्फबाट गरिबी निवारण प्रमुख विषय बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले गरिब पहिचानको काम मन्त्रालयले गरेको भन्दै अब गरिब लक्षित कार्यक्रम सञ्चालन गरेर अगाडी बढ्नुपर्ने बताइन् । 

 सहकारीमार्फत उक्त कार्यक्रम सञ्चालन गरी पर्याप्त मात्रामा रोजगारीको सिर्जना गर्नुपर्ने उनको भनाई थियो । ‘देशभित्र प्रर्याप्त रोजगारीको सिर्जना गर्ने, गरिब लक्षित कार्यक्रम सञ्चालन गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्नेछ हुन्छ’, मन्त्री अर्यालले भनिन्, ‘भूमिको अधिकतम प्रयोग गरेर भूमिबाट उत्पादन बढी लिने, आत्मनिर्भर बनाउने कुरामा पनि सहकारीको भूमिका बढी महत्पुर्ण आधुनिक कृषि व्यवसायका निम्ती पनि सहकारीबाट शुरुआत गर्नुपर्छ । यी विषयलाई हामीले महत्वका साथ हेरेर योजना बनाउदै अगाडी बढेका छौ ।’

सहकारीमार्फत गरिब लक्षित कार्यक्रम चलाउने गरी योजना बनाउन मन्त्री अर्यालले सहकारी क्षेत्रलाई आग्रह गरिन् । 
१५ औं योजनाबाट कार्ययोजना बनाएर सरकार अगाडी बढेको भन्दै दिगो विकास लक्ष्य प्राप्त गर्नका निम्ती सहकारी क्षेत्रको दायित्व के हो भन्ने कुरालाई पनि हेक्का राख्न जरुरी रहेको मन्त्री अर्यालको भनाइ थियो ।

सहकारी क्षेत्र र नीजि क्षेत्रसँग सरकारले सहकार्य गरेर अगाडि बढ्ने भनिरहेको अवस्थामा सहकारी क्षेत्रले कूल लगानीको ५.४ प्रतिशत कूल ग्राह्स्थ उत्पादनमा लगानी गरोस भन्ने राज्यको अपेक्षा रहेको मन्त्री अर्यालले बताइन् । 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved