मंगलबार कुन जिल्लामा कति संक्रमित थपिए?

  • प्रकाशित मितिः भदौ, 23, 2077
  • पहिलो किताब संवाददाता

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ। गत २४ घण्टामा ९ सय २ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ। 

३ सय ७ महिला र ५ सय ९५ पुरुष गरी ९ सय २ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १३, झापामा १६, मोरङमा ५१ र सुनसरी ३८ जनामा कोरोना भेटिएको छ। 

प्रदेश २ को धनुषामा ३३, पर्सामा १४, बारामा १२, महोत्तरीमा ४, रौतहटमा ८, सप्तरीमा १८, सर्लाहीमा ६ र सिरहामा ४ जनामा कोरोना पाइएको छ। 

गत २४ घण्टामा गरिएको परीक्षणमा बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। काभ्रेमा २, चिततवनमा २०, दोलखामा २, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ५८, मकवानपुरमा २४, रामेछाप ८, ललितपुर ३८ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको छ। 

यस्तै, गण्डकी प्रदेशको कास्कीका ३०, गोरखाका १८, तनहुँका ३, नवलपरासी पूर्वका ७, पर्वत १, लमजुङका २, वाग्लुङका १० र स्याङजाका १ जनामा कोरोना पुष्टि भएको छ। 

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा गरी १/१, दाङमा ३, बर्दियामा ७, बाँकेमा ५, रुपन्देहीमा २१ र रोल्पाका १ जना रहेका छन्। 

कर्णाली प्रदेशको दैलेखमा १ र सुर्खेतमा १८, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ९ र कैलालीमा ७७ गरी ९ सय २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

कुल संक्रमितमध्ये १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ६ सय ११ जनाको परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ७ लाख ८८ हजार १ सय ७४ पुगेको छ। देशभर हाल ५ हजार ३ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved