इटाली र पोल्यान्ड विजयी

  • प्रकाशित मितिः भदौ, 24, 2077
  • पहिलो किताब संवाददाता

आम्सटर्डम / यूईएफए नेसन्स लिगमा इटालीले नेदरल्यान्डमाथि कठिन जित हात पार्दा पोल्यान्डले बोस्निया एन्ड हर्ज गोभिनामाथि पुनरागमन जित हात पारेको छ । सोमबार राति भएको खेलमा इटालीले नेदरल्यान्ड्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा इटालीको जितमा पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक बन्यो । योहान क्रुएप एरिना आम्सर्टडममा सोमबार राति भएको खेलको १२औं मिनेटमा निको बरेल्लाको प्रहार नेदरल्यान्ड्सका डिफेन्डर जोइल भेल्टम्यानलाई डिफ्लेक्ट हुदै पोस्ट नजिकैबाट बाहिरिदा इटाली अग्रता लिनबाट चुक्यो । ३२औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले दुई डिफेन्डर जर्जियो चिलियनी र लियोनार्दाे बोनुचीलाई बिट गर्दै गरेको प्रहार फितलो बन्दा गोलरक्षक जियानलुजी डोनररुम्माले सहजै नियन्त्रणमा लिए ।

पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाए । जर्गिन्हो र इन्सिग्नेको उत्कृष्ट समन्वयमा सिरो इम्मोविले पेनाल्टी बक्सभित्रबाटै मिलाइदिएको पासमा अनमार्क रहेका बरेल्लाले हेडरमार्फत फिनिस गरेका थिए । ५५औं मिनेटमा मेम्फिस डिपाएको पासमा जर्जिन्हो वाइनाल्डमको क्रसमा डोनी भान डि विकको प्रहार डोनररुम्माको हातमा पुग्दा नेदरल्यान्ड्स बराबरीबाट चुक्यो । ९०औं मिनेटमा मार्टिन डि रुनको क्रसमा कसैको निगरानीमा नरहेका मेम्फिस डिपाएको ओभरहेड किक क्रसबारा लागेर बाहिरिँदा नेदरल्यान्ड्स बराबरीबाट चुक्दा इटाली विजयी हुन सफल भयो ।

यही समूहको अर्काे खेलमा पोल्यान्डले बोस्निया एन्ड हर्जगोभिनामाथि २–१ को पुनरागमन जित हात पारेको छ । पोल्यान्डको जितमा कामिल जिलिक र कामिल ग्रोसिक्कीले गोल गरे । बोस्नियाका हरिस हजराडिनोभिकले गरेको गोल सान्त्वना बन्यो । जितसँगै इटाली लिग ‘ए’ १ मा ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित नेदरल्यान्ड्स ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पोल्यान्डको पनि ३ अंक रहे पनि गोलअन्तरमा पछि छ । १ अंक जोडेको बोस्निया एन्ड हर्जगोभिना पुछारमा छ ।

हालान्डको दुई गोल
युवा सनसनी एर्लिङ ब्राउट हालान्डले दुई गोल तथा एक गोलको लागि सहयाता यूईएफए नेसन्स लिगमा नर्वेले नर्दन आयरल्यान्डमाथि उसकै मैदानमा ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

वाइन्डसर पार्क बेलफास्टमा सोमबार राति भएको खेलमा नर्वेको फराकिलो जितमा हालान्ड र एलेसान्दार सोरलोथले समान दुई तथा मोहमेद इलयुनोउसीले एक गोल थपे । नर्दन आयरल्यान्ड्सका प्याट्रिक म्याक्नेयरले गरेको गोल सान्त्वना बन्यो ।

एकपक्षीय खेलमा नर्वेले खेलको तेस्रो मिनेटमा नै मोहमेदको गोलबाट अग्रता बनाएको थियो । छैटांै मिनेटमा घरेलु टोलीका प्याट्रिकले खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसको एक मिनेट नबित्दै एर्लिङ ब्राउट हालान्डले गोल गर्दै नर्वेलाई पुनः खेलमा २–१ को अग्रता दिलाए । १९औं मिनेटमा आइताम एलिसामीको क्रसमा सोरलोथले गोल गर्दै नर्वेलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए । ४७औं मिनेटमा हालान्डको पासमा सोरलोथले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ४–१ को आरामदायी स्थितिमा ल्याए । ५८आंै मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ५–१ को फराकिलो जित दिलाए । राष्ट्रिय टोलीबाट हालान्डको चार खेलमा तीन गोल पुगेको छ । उनले यसअघि अस्ट्रियाविरुद्ध पनि गोल गरेका थिए ।

जितसँगै लिग ‘बी’ १ मा रहेको नर्वेले दुई खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । रोमानिया ४ अंक जोडेर शीर्षस्थानमा रहँदा ३ अंक नै जोडेको अस्ट्रिया नर्वेभन्दा हेड टु हेडमा अघि छ । नर्दन आयरल्यान्ड १ अंक जोडेर पुछारमा छ ।

अन्य नतिजा
काजकस्तानविरुद्ध बेलारुस (१–२)
अल्वानियाविरुद्ध लिथुआनिया (०–१)
इजरायलविरुद्ध स्लोभाकिया (१–१)
चेक रिपब्लिकविरुद्ध स्कटल्यान्ड (१–२)
अस्ट्रियाविरुद्ध रोमानिया (२–३)



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved