प्रहरीमै समस्या : मुख्य सुन कारोबारी उप्रेती योजनामै फरार

  • प्रकाशित मितिः फाल्गुन, 20, 2074
  • नवराज कट्टेल

विराटनगर / अपराध अनुसन्धान महाशाखा र मोरङ प्रहरीको संयुक्त प्रयासमा सुन कारोबारीका भरिया उर्लावारी–७ का सनम शाक्यको हत्याको अनुसन्धानमा प्रहरी भित्रकै दुई छुट्टा–छुट्टै यूनिटको राय बाझिएको छ ।

विराटनगर–३ गोधुली मार्गमा बा१२च ५९६३ नम्बरको गाडीबाट शनिबार ३५ वर्षिय शाक्यको लास बरामद गरेको प्रहरीले हत्यामा संलग्न आरोपित तीनजनालाई नियन्त्रणमा लिई आइतबार सार्वजानिक गरेको छ ।

अपराध अनुसन्धान महाशाखा काठमाण्डौले शाक्यको हत्या सिराहामा भएको जानकारी दिईएको थियो तर मोरङ मोरङले भने उर्लावारी–१ सोल्टि खोलामा भएको जानकारी दिइएको छ ।

प्रारम्भिक अनुसन्धानकै क्रममा रहेका दुवै यूनिटको सक्रियतामा नियन्त्रणमा एक थान गाडी लिईएको जानकारी गराईएको थियो ।
तर, आइतबार पत्रकार सम्मेलनका क्रममा मे १ च ५३९८ नम्बरको टाटा सेक्सन गाडी समेत नियन्त्रणमा लिइएको जानकारी दिइएको छ ।

नियन्त्रणमा लिइएका काभ्रे मण्डन देउपुरका टेकराज मल्ल, उर्लावारी–५ का मोहन काफ्ले, उर्लावारी–७ का नरेन्द्र कार्कीसँगको प्रारम्भीक बयानका आधारमा उर्लावारीकै चुडामणी उप्रेती संलग्न भएको भन्ने खुल्न आएको छ ।

उनीहरुकै बयानका आधारमा मोरङ प्रहरीले शाक्यको हत्या मोरङमै भएको निष्कर्ष निकालेको छ । शाक्यको अपहरण भएको सुचना मोरङ प्रहरीसँग भने नहुनुलाई मृत्युको कारण मान्न सकिन्छ ।

जिल्ला भित्रै व्यक्ति अपहरण भएको सुचना समेत जिल्लाको सुरक्षा संयन्त्रमा नहुनुले सुन तस्करीका मुख्य योजनाकार उप्रेतीलाई भगाइएको हुन सक्ने अुनमान समेत गरिएको छ । प्रहरीको ‘इन्टलिजेन्स’ ब्यूरो मिलेको अवस्थामा मात्रैर जिल्लामा व्यक्ति अपहरण भएको सुचना बाहिर आउन बाट बच्ने गर्दछ ।

‘साथीसंगीसँगै हिडेको आधारमा कसैले हामीलाई जानकारी दिन सक्ने भएन’ मोरङका प्रहरी उपरीक्षक बिसीले भन्नुभयो–सुचना आफ्नो च्यानलबाट महाशाखामा पहिले पुग्यो ।

घटना बारे मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजानिक गर्ने क्रममा विभिन्न स्थानमा सुरक्षित बसोबास गर्ने, खानपीन गर्नेदेखि माछा मार्ने जाल तथा करेन्ट उत्पादन गर्न सक्ने ब्याट्री, इन्भटर, करेन्ट लगाउने सामान समेत सार्वजानिक गरेको छ । यस्तै चामल, चिनीदेखि, पानी राख्ने प्लाष्टिकका ड्रम समेत उनीहरुले सँगै लिएर हिड्ने गरेको प्रहरीले बताएको छ ।

प्रहरी नियन्त्रणमा रहेकाहरुमाथिको अनुसन्धानमा सुन कारोबारी गोरे भनिने उप्रेती घटनाको मुख्य योजनाकार भनिएको छ । उप्रेतीसँग मोरङ प्रहरीमा गोप्य स्रोत ल्याउने प्रहरीदेखि उच्च प्रहरी अधिकारी र राजनीतिक दलका नेतासँग राम्रो साँठगाँठ रहेको बताइन्छ । शाक्य हत्यामा काठमाण्डौंबाट एक महिना अगाडी हराएको भनिएको ३३ केजी सुन काण्ड कारण बनेर जोडिएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved