फलोअप – सुन तस्करीमा संलग्न भएको भन्दै सई सहित थप ३ पक्राउ

  • प्रकाशित मितिः बैशाख , 11, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सनम शाक्य हत्याकाण्ड र सुन तस्करीका विषयमा छानविन गरीरहेको गृहमन्त्रालयको छानविन समितिले अपराध अनुशन्धान महाशाखाका सई गजेन्द्र रावल र नेपाल एयरलाईन्सका थप २ कर्मचारीलाई पक्राउ गरेको छ ।

उनीहरुलाई काठमाण्डौवाट पक्राउ गरीएको बताईएको छ । पछिल्लो पक्राउ सँगै पक्राउ पर्नेको संख्या २६ जना पुगेको छ भने फरारको संख्या दुई दर्जन वरीपरी रहेको छ । पक्राउ पर्ने नेपाल एयरलाईन्सका कर्मचारीमा अमर डंगाले र तुलाराम थारु रहेका छन् । हिरासतमै रहेका २६ पुगेको भएपनि अपराध अनुशन्धान महाशाखाका एसएसपी दिवश लोहनी , डीएसपी प्रजीत केसी र सई बालकृष्ण संजेल पनि छानविन समितिकै नियन्त्रणमा रहेका छन् ।

उनीहरुलाई प्रहरी प्रधान कार्यालय लगेर छानविन भईरहेको बताईएको भएपनि प्रहरीकै अधिकारी राखेर छानविन गरिने एक नम्वर गणमा राखिएको प्रहरी उच्च स्रोतले जानकारी गराएको छ । उनीहरु समेतलार्ई जोड्ने हो भने पक्राउ पर्नेको संख्या २९ पुगेको छ । यो प्रकरणमा पुर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरी यस अघि नै मोरङ प्रहरीको हिरासतमा राखेर कारवाहि थालिएको छ । अहिले सम्म पक्राउ परेकामाा निरौला नै प्रहरी भित्रका उच्च अधिकारी समेत हुन् ।

यो प्रकरणमा शाक्यको हत्या सहित दुई जनाको शंकास्पद मृत्यु भईसकेको छ भने एक वेपत्ता छन् । सानु बमको एयरपोर्ट भित्रै ट्याङकरको ठक्कर वाट शंकास्पद मृत्यु भएको थियो । गृहमन्त्रालयको छानविन समितिले पक्राउ गरेका नेपाल एयरलाईन्सका कर्मचारी प्रेम चौधरीको हिरासत भित्रै शंकास्पद मृत्यु भएको थियो । सानु बनलाई ठक्कर दिने ट्याङकरका चालक अदालतवाट धरौटीमा छुटेपछि वेपत्ता छन् ।

त्रिभुवन विमानस्थलवाट उर्लावारीका गोरे भनिने चुणामणि उपे्रती गिरोहले सेटिङमा भित्राएको ३३ केजी सुन गायव भएको विषयलाई लिएर धरानको निर्वाणा कन्ट्री क्लवमा राखेर दिएको यातनाका कारण मारिएका सनम शाक्यको हत्याको विषयमा भईरहेको छानविनको दायरामा सयको हाराहारीमा पक्राउ पर्न सक्ने र तानिने गृहमन्त्री राम बहादुर थापाको निजि सचिवालयको अधिकारीले जानकारी गराएका छन् ।

सुन तस्करीको जालो नै ध्वस्त बनाउने गरी यो प्रकरणको छानविन हुने र दोषी पाईएका सवै बहालवाला र पुर्व प्रहरी अधिकारीलाई समेत मुद्दा चलाउने तयारी भएको स्रोतले जानकारी गराएको छ । यो प्रकरण मात्रै नभएर विगतमा भएका सुन तस्करीका सवै घटनाको एक मुष्ट अनुशन्धान गरी गिरोहमा संलग्न सवैलाई कारवाहि गर्न गृहमन्त्रीले छानविन समितिलाई निर्देशन दिएको बुझिएको छ ।

गृहका सहसचिव ईश्वर पौडेल नेतृत्वको छानविन समितिले गरीरहेको छानविन र अनुशन्धानको विषयमा गृहमन्त्री नियमित अपडेटमा रहेको र सवैलाई कारवाहि गर्ने गरी दोस्रो चरणको छानविन अघि बढेको स्रोतको भनाई छ । पहिलो चरणमा सनम हत्याकाण्डको विषयमा छानविन गरेको समितिले दोस्रो फेजमा यस अघि देखि हुँदै आएको सुन तस्करी र जालो खोतल्ने काम थालेको गृह स्रोतले जानकारी गराएको छ ।

४५ दिन कार्यअवधि रहेको छानविन समितिलाई आवश्यक परे समय थप गर्ने तर गिरोह र तस्करीको जालोमा संलग्न सवै प्रहरी अधिकारी , भन्सार कर्मचारी , अध्यागमन कर्मचारी , एयरलाईन्सका कर्मचारी , सुन खरिद गर्ने व्यवसायी र सुन भित्राउने समूहहरु सवैलाई कारवाहि गरेरै छाड्ने गरी छानविन समितीले काम गरीरहेको बताईएको छ ।

सुन तस्करीलाई सघाएको देखिएको भन्दै पछिल्लो पटक इटहरीका डीएसपी संजय राउत , एसपी बिकासराज खनाल ,एसएसपी श्याम बहादुर खत्रीलाई समेत छानविन समिति समक्ष उपस्थित गराउन भन्दै छानविन समितिले प्रहरी प्रधान कार्यालयलाई पत्र काटिसकेको छ । त्यसैगरी पूर्व आईजीपी प्रकाश अर्याल र एआईजी बम भण्डारी समेतलाई बयान लिने तयारीमा छानविन समिति रहेको छ ।

बहालवाला प्रहरी अधिकारीहरुको हकमा के गर्ने भन्ने निर्णय हुन सकेको छैन । उनीहरुलाई पक्राउ गरेर हिरासतमा लिई अघि बढ्ने या प्रधान कार्यालय झिकाएर एक नम्वर गणमा राखेर अघि वढ्ने भन्ने विषयमा छानविन समितिले निर्णय गर्न नसकेको र गृहमन्त्रीसँग यो विषयमा छलफल गर्ने भएको बुझिएको छ ।

धरानमा मारिएका सनम शाक्यको शव भएको गाडी धरानकै भानुचौकमा फेला परेको थियो तर सोहि गाडीमा चडेर अपराध अनुशन्धान महाशाखाका प्रहरी अधिकारी विराटनगर तर्फ लागेपछि यो प्रकरण सतहमा पेचिलो बनेर आएको थियो । धरान प्रहरीको क्षेत्रभित्र शव र गोरे गिरोहको गाडी भेटिएको थियो तर सोहि गाडीलाई विराटनगर पुर्याएर भेटिएको बनाएपछि यो विषयले ठुलो रुप लिएको थियो ।

मोरङका एसपी अरुण कुमार बिसी र धरानका डीएसपीले यो प्रकरणमा अपराध अनुशन्धान महाशाखाको भनाई भन्दा ठिक विपरीत भनाई र अडान राखेसँगै पहिलो किताब डट कमले पहिलो पटक प्रहरी भित्र फरक फरक दावी , योजनामै भगाईयो गोरे भनेर समाचार लेखेको थियो । पहिलो किताबमा समाचार आएलगत्तै प्रहरी प्रधान कार्यालयले डीआईजी पुष्कल रेग्मीको नेतृत्वमा छानविन थालेको थियो ।

रेग्मी नेतृत्वको छानविन समितिले पनि विमानस्थलवाट आएको सुनलाई केरुङवाट आएको बनाउने गरी ठुला मिडीया मार्फत खुवै प्रचार गराएर यो विषयलाई मिनिमाईज गर्न खोजेको थियो । फेरि पहिलो किताबले नै अवकाशको मुखमा रहेकालाई छानविनको जिम्मा दिएर विमानस्थलवाट आएको सुन लाई केरुङवाट आएको बनाई गिरोहमा संलग्नलाई बचाउन खोजेको आसय सहितको समाचार पुन सार्वजनि गरीदिएको थियो ।

विमानस्थलभित्र शंकास्पद मृत्यु भएका सानु बनको विषय यो प्रकरणसँग जोडिएको सुचना सहितको अर्को समाचार फेरि पहिलो किताब डट कमले नै सार्वजनिक गरीदिएपछि यो विषयलाई गृहमन्त्री निकट माओवादीका पुर्वका नेताले उनी समक्ष पुर्याएपछि प्रहरीको छानविन समितिलाई वाईपास गर्दै गृहमन्त्री राम बहादुर थापाले अर्को समिति बनाएर अघि बढेसँगै यो विषय ईतिहाँसकै ठुलो बन्न पुग्यो ।

छानविनमा संलग्न अधिकारीले यो प्रकरणमा कारवाहि हुनेको संख्या सय भन्दा माथी पुग्न सक्ने अनुमान गरेका छन् । पक्राउ परेका र फरार रहेकाले पक्राउ पछि दिने बयानले यो विषयमा थप नाम आउने र त्यसले गिरोहमा संलग्नको संख्या बढाउदै लैजाने उनीहरुको भनाई छ ।

यो पनि – प्रहरीमै विवाद योजना मै भगाईयो गोरे
यो पनि – यसरी एयरपोर्टवाट आएको सुनलाई केरुङवाट आएको बनाउन खोजीयो
यो पनि – गिरोहका संलग्नको नाम सार्वजनिक गरेर भगाईयो
यो पनि – गोरे गिरोह , सुन तस्करीको नालीवेली
यो पनि – डीएसपी संजय राउत देखि पुर्व आईजीपी प्रकाश अर्याल सम्म छानविनको दायरामा
यो पनि – पुर्व डिआईजी निरौला पक्राउ
यो पनि –डीआईजी देखि भन्सार अधिकारी सम्म पक्राउको सुचिमा



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved